Dhulikhel Eco Banner new

शेयर बजारमा १६ अर्ब ३२ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

3.21K
shares

काठमाडौं, ५ साउन । शेयर बजारमा १६ अर्ब ३२ करोडको कारोबार हुँदा नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको ७५ करोड ६६ लाख रुपैयाँ कारोबार भएको हो ।

यसदिन हिमालयन रिइन्स्योरेन्सको ७५ कारोड २८ लाख रुपैयाँ कारोबार भएको छ भने बुटवल पावर कम्पनीको ५६ करोड ७९ लाख रुपैयाँ कारोबार भएको छ ।

त्यसैगरी फर्स्ट माइक्रोफाइनान्सको ५१ करोड ७१ लाख रुपैयाँ कारोबार भएको छ भने लुम्बिनी विकास बैंकको ४२ करोड १७ लाख रुपैयाँ कारोबार भएकोे छ ।