Dhulikhel Eco Banner new

सबैको लघुवित्तको छैंठौँ वार्षिकोत्सव सम्पन्न

11.53K
shares

काठमाडौं, २६ असार । तनहुँ जिल्ला बन्दीपुर १ डुम्रेमा केन्द्रीय कार्यालय रहेको सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो छैंठौँ वार्षिकोत्सवमा विभिन्न कार्यक्रम सञ्चालन गरेर कार्यक्रम सम्पन्न गरेको छ ।

नयाँमिल सुपरीवेक्षण मुकाम रुपन्देही तथा फर्साटिकर शाखा रुपन्देहीको संयुक्त आयोजनामा स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गरेको छ ।

नयाँमिल मुकाम अन्तर्गत शाखा कार्यालयहरुले विभिन्न कार्यक्रम सञ्चालन गरको संस्था प्रमुख कार्यकारी अधिकृत श्री केशब कुमार पौडेलले जानकारी गराएका थिए ।

नयाँमिल सुपरीवेक्षण कार्यालयका अधिकृत विक्रम उपाध्यायको अध्यक्षतामा तथा प्राथामिक स्वास्थ्य केन्द्र फर्साटिकरका मेडिकल अधिकृत डा.रोहित कान्दुको प्रमुख आतित्थमा कार्यक्रम सम्पन्न थियो ।

उक्त कार्यक्रममा अतिथीको रुपमा हेल्थ असिस्टेन्ट अनु पोखरेल, देवदह मेडिकल कलेजका स्वास्थ्यकर्मी जितेन्द्र कुमार गुप्ता, फर्साटिकर शाखाका प्रमुख राम बहादुर आले, भैरहवा शाखाकी प्रमुख पवित्रा कुँवर, प्रतापपुर शाखाकी प्रमुख निशा चौधरी, नयाँमिल शाखाका प्रमुख बिनोद तिमिल्सिना, इमिलिया शाखाकी प्रमुख गोमा कुँवर, सिक्टहन शाखाकी प्रमुख सुमित्रा काला मगर, खैरनी शाखाकी प्रमुख रिमा कँडेल, जहदी शाखाका प्रमुख मनोज चौधरी, महाराजगञ्ज शाखाका प्रमुख एकरामुद्धिन मुसलमान र जोगडा शाखाका प्रमुख शिव कुमार चौधरी रहेका थिए ।

सिक्टहन शाखाकी शाखा प्रमुख सुमित्रा कालामगरको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा प्रमुख अतिथी डा.रोहित कान्दुले सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले यस क्षेत्रमा स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गरी सराहनीय कार्य गरेको जानकारी गराएका थिए ।

त्यसैगरी उदघाटन समारोहमा नयाँमिल सुपरीवेक्षण मुकामका सुपरीवेक्षण अधिकृत विक्रम उपाध्यायले संस्थाले प्रदान गरेका सेवाहरुका बारेमा जानकारी गराएका थिए । साथै सामाजिक उत्तरदायित्व अन्तर्गत समुदायमा गरिएका विभिन्न कार्यक्रमहरुको बारेमा जानकारी गराएका थिए ।

उक्त स्थास्थ्य शिविर कार्यक्रमबाट १०१ (एक सय एक) जना लाभान्वित भएका थिए । यस्तै स्कूल युनिफर्म वितरण, फलफूल वितरण, बालविवाह सम्बन्धी सचेतना कार्यक्रम, खाद्यान्न वितरण जस्ता विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको थियो । कार्यक्रम सञ्चालन रिमा कँडेलले गरेका थिए ।