भाउजूको हत्या अभियोगमा एक जना पक्राउ
वि.सं.२०८१ असार १३ बिहीवार १४:३६
3.81K
shares
shares

काठमाडौं, १३ असार । आफ्नै भाउजू ५० वर्षीय रीतादेवी यादवको हत्या गरेकोअभियोगमा औरही नगरपालिका– ४ बस्ने ४६ वर्षीय रामजतन यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
घरायसी विवादको क्रममा रामजतनले कोदालोले प्रहार गर्दा गम्भीर घाइते भएकी रीतादेवीको जानकी एकेडेमिक पर्सा महोत्तरीमा उपचारको क्रममा मृत्यु भएको थियो ।
यो खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट कठुधार र इलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।















