Dhulikhel Eco Banner new

प्रतिनिधिसभा सचिवमा सुरेश अधिकारी नियुक्त

3.43K
shares

काठमाडौं, १८ असार । राष्ट्रपति रामचन्द्र पौडेलले संखुवासभाका सुरेश अधिकारीलाई प्रतिनिधिसभाको सचिवमा नियुक्त गरेका छन्।

‘राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका सभामुखको सिफारिसमा नेपालको संविधानको धारा, १०६ को उपधारा १० बमोजिम खाँदबारी नगरपालिका–२ निवासी अधिकारीलाई संघीय संसद्, प्रतिनिधिसभाको सचिव पदमा नियुक्त गर्नुभएको छ,’ राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।