Dhulikhel Eco Banner new

बंगलादेश विरुद्ध नेपालको कप्तानी किरणले गर्ने

4.82K
shares

काठमाडौं, १० असोज । मंगलबार हुने बंगलदेश विरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टोलीको कप्तानी किरण चेम्जोङले गर्ने भएका छन् । अखिल नेपाल फुटबल संघमा आयोजन गरिएको प्रि–म्याच कन्फ्रेन्समा बंगलादेशसँग मैत्रीपूर्ण खेलमा गोलरक्षक किरणले कप्तानी गर्ने जानकारी दिइएको हो ।

त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुने खेल साँझ ५ बजे हुनेछ । सोमवार भएको प्रिम्याच कन्फ्रेन्समा कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईंसँगै कप्तानका रूपमा किरण उपस्थित भएका छन् । पछिल्लो पटक किरणले दशरथ रङ्गशालामै मरिसससँग दुई वटा मैत्रीपूर्ण खेलमा कप्तानी गरेका थिए । कप्तानको जिम्मेवारीमा फर्किँदा उत्साहित हुँदै किरणले बंगलादेशसँगको खेल उत्कृष्ट हुने दाबी गरे ।

पहिलो पटक राष्ट्रिय टोलीको प्रशिक्षण सम्हालेका प्रदीप हुमागाईं नेपाललाई सुखद नतिजा दिलाउँदै दशैँ विशेष बनाउने सुनाए । उनले नेपाली टोलीको तयारी राम्रो भएको पनि बताए ।