स्वास्थ्य परीक्षणका लागि सन्दीपलाई केएमसी लगियो
वि.सं.२०७९ असोज २० बिहीवार १३:४०
5.28K
shares
shares

काठमाडों, २० असोज । नेपाल आए लगतै पक्राउ परेका नेपाली क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई मेडिकल जाँचका लागि अस्पताल लगिएको छ । उनलाई स्वास्थ्य परीक्षका लागि केएमसी अस्पाताल लगिएको हो ।
बिहीबार कतार एयरवेजको विमानबाट काठमाडौं ओर्लिएका उनलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेर प्रहरी वृत्त गौशाला लगेको थियो । त्यस पछि स्वास्थ्य परीक्षणका लागि अस्पताल लगेको हो । दशैँको बिदा भएकाले उनलाई अदालतमा भने आइतबार मात्रै पेश गरिने छ ।



















