Dhulikhel Eco Banner new

म्यानचेष्टर सिटी प्रिमियर लिगको शिर्षस्थानमा

4.73K
shares

काठमाडौं, २३ असोज । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी शीर्ष स्थानमा पुगेको छ । गएराति भएको खेलमा साउथह्याम्प्टनलाई ४–० गोलले हराउँदै सिटी आर्सनललाई पछि पारेर शीर्ष स्थानमा पुगेको हो ।

सिटीलाई जिताउन क्यानसेलो, फोडेन, महरेज र हालाण्डले गोल गरे । जितसँगै सिटीको २३ अंक जोडेको छ । दोस्रो स्थानको आर्सनलको २१ अंक रहेको छ । आर्सनलले एक खेल कम खेलेको छ ।

गएराति नै भएको अर्को खेलमा चेल्सीले उल्भ्सलाई ३–० गोलले पराजित गरेको छ । ८ खेलबाट चेल्सी १६ अंकसहित चौथो स्थानमा रहेको छ । यस्तै, ह्यारी केनको गोलमा ब्राइटनलाई हराएको टोटनह्याम तेस्रो स्थानमा कायमै छ । गएराति नै भएका अरु खेलमा न्युक्यासलले ब्रेन्टफोर्डलाई र बर्नमाउथले लेस्टर सिटीलाई हराएका छन् ।