त्रिभुवन आर्मी प्रधानमन्त्रीकपको फाइनलमा प्रवेश, उपाधिका लागि एपिएफसँग खेल्ने
वि.सं.२०७९ कात्तिक २५ शुक्रवार १७:०७
shares

काठमाडौं, २५ कात्तिक । त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप त्रिकेटको एक दिवसिय प्रतियोगिताको फाइनमा प्रवेश गरेको छ । नेपाल पुलिस क्बललाई २ विकेटले पराजित गर्दै आर्मी अन्तिम दुईमा पुगेको हो ।
पलिसले दिएका ३०५ रनको लक्ष्य आर्मीले १ बल बाँकी छैदै ८ विकेट गुमाएर पुरा गर्यो । आर्मीको जितमा रोहीत कुमार पौडेलले सर्वाधिक ८९ रनको योगदान दिए । त्यस्तै हरि बहादुर चौहानले ७५ रनेको पारी खेले । त्यस्तै राजेश पुलामीले ४३ रनको अविजीत पारी खेले । त्यस्तै कप्तान विनोद भण्डारीले ३२ रनको योगदान दिए भने विक्रम सोबले ३० रन बनाए । पुलिसका लागि करण केसी एक्लैले ६ विकेट लिए पनि टोलिलाई जित दालाउन भने सकेनन् ।
यस अघि पहिले ब्याटिङ गरेको पुलिसले निर्धारीत ओभारमा ४ विकेट गुमाएर ३०४ रनको योगफल खडा गरेको थियो । उसका लागि कप्तान दीपेन्द्र सिहं ऐरीले सर्वाधीक १४० रनको पारी खेले । त्यस्तै आरिफ शेखले अविजित रहदै ९१ रनको योगदान दिए । त्यस्तै कुशल भुर्तेल ३१, सुनिल धमला १३ र अमित श्रेष्ठ १० रन बनाए । आर्मीका बिक्रम सोबले ३ विकेट लिए । सुशन भारीको नाममा १ विकेट रह्यो ।
अब आर्मीले उपाधिका लागि नेपाल एपिएफ क्लबको सामना गर्ने छ । फाइनले खेल शनिबार हुने छ । प्रतियोगिताको विजेताले १० लाख नगद पुरस्कार पाउने छन् । यस्तै उपविजेताले ५ लाख पाउने छन् । त्यस्तै उत्कृष्ट खेलाडीले ५० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले २० हजार तथा इमर्जिङ प्लेयरले १० हजार पाउने छन् ।


















