पोल्याण्ड विरुद्ध अर्जेन्टिनाले थप्यो दोस्रो गोल
वि.सं.२०७९ मंसिर १५ बिहीवार ०२:१६
6.31K
shares
shares

काठमाडौं, १५ मंसिर । कतारमा जारी विश्वकप समूह चरणको खेलमा पोल्याण्ड विरुद्ध अर्जेन्टिनाले २–० गोलको अग्रता लिएको छ । पहिलो हाफमा अर्जेन्टिनाका लिओनल मेसीले प्रहार गरको पेनाल्टीलाई पोल्याण्डका गोल किपरले रोके । यद्यपि दोस्रो हाफको ४६ औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनाले अग्रता बनायो ।
खेलको ६७ औँ मिनेटमा अर्जेन्टिनाले दोस्रो गोल थपेको हो । यस अघि अर्जेन्टिनाले समूह चरणको पहिलो खेलमा पराजय बेहोरेको थियो भने दोस्रो खेलमा भने विजयी बनेको थियो ।



















