जसले जिते पनि इतिहास बन्ने कतार विश्वकप
वि.सं.२०७९ मंसिर २७ मंगलवार १८:५७
shares

काठमाडौं, २७ मंसिर । कतारमा जारी विश्वकप लगभग अन्त्यतिर आइपुगेको छ । यो विश्वक अब जम्मा ४ खेल हुन बाँकी रहेको छ । ३२ वटा टिमको सहभागिता रहेको विश्वपमा अब ४ टिम मात्रै बाँकी रहेका छन् । यी चार टिममध्ये जसले जित पनि यो विश्वकमा इतिहास बन्ने छ ।
२२ औँ संस्करणमा आइपुग्दा विश्वकप जित्ने देशको संख्या जम्मा ८ रहेको छ । यो विश्वपमा सेमिफाइनल पुगेका २ राष्ट्रले अहिलेसम्म विश्वकप जितेका छैनन् । यी राष्ट्रले जितेको खण्डमा नयाँ इतिहास निर्माण हुने छ । यो इतिहास निर्माणको संघारमा रहेका दुई राष्ट्र हुन क्रोएशिया रमोरक्को । त्यस्तै सेमिफाइनलमा पुगेका अन्य दुई टोली फ्रान्स र अर्जेन्टिनाले विश्वकपको ट्रफि उचालेको खण्डमा उनीहरुले तेस्रो पटक विश्वकप जित्ने इतिहास कायम गर्ने छन् ।
यो विश्वपकमा अफ्रिकी मूलुकबाट पहिलो पटक सेमिफाइन खेलेको मोरक्कोले उपाधि उचालेको खण्डमा भने अर्को भिन्नै इतिहास बन्ने छ । त्यो हो युरोप र दक्षिण अमेरिकाले जित्दै आएको उपाधिमा ब्रेक । अर्को तर्फ सन् २००२ पछिका सबै विश्वकपको उपाधी युरोपका देशहरुले जितिरहेका छन् । युरोपले जित्दै आएको क्रमलाई भंग गर्नका लागि यो विश्वकप मोरक्को र अर्जेन्टिनाले यो विश्वकपको उपाधि जित्नु पर्ने हुन्छ । दक्षिण अमेरिकाले विश्वकप उपाधि जित्न नसकेको पनि २० वर्ष पुरा भइसकेको अवस्था छ ।
यो विश्वकप क्रोएशिया जितेमा सबैभन्दा ढिलो र सबैभन्दा थोरै पटक विश्वकप खेलेर उपाधि जित्ने देश बन्नेछ । उसले सन् १९९८ मा पहिलो पटक विश्वकप खेलेको थियो । कतार विश्वकप उसको छैटौँ सहभागिता हो । यसका साथै क्रोएशिया अघिल्लो पटक फाइनलमा पराजित भएर त्यसपछिको विश्वकप जित्ने तेस्रो टोली समेत बन्ने छ ।
यस्तो किर्तिमान यसअघि सन् १९८६ मा फाइनलमा पराजित भएर सन् १९९० को विजेता बनेको जर्मनीले कायम गरेको थियो भने सन् १९९८ को फाइनलमा पराजित भएको ब्राजिल २००२ मा उपाधि उचालेको थियो । फ्रान्स र क्रोएशियाले विश्वकप उपाधि उचाल्दा लगातार पाँच पटक विश्वकपको उपाधि युरोप जाने नयाँ कीर्तिमान बन्नेछ ।
यता साविक विजेता फ्रान्सले यो विश्वकप जितेको खण्डमा लगातार दुई विश्वकप जित्ने तेस्रो टिम बन्ने छ । यो उपलब्धी हालसम्म इटाली र ब्राजिलले मात्रै कामय गरेका छन् । इटालीले सन् १९३४ र १९३८ मा लगातार दुई पटक विश्वकपको उपाधि जितेको थियो भने ब्राजिलले सन् १९५८ र १९६२ मा उपाधि जितेको थियो ।
कतार विश्वकपमा अपत्यारिलो नतिजा निकालिरहेको मोरक्कोले उपाधि जितेमा सबैभन्दा थोरै पटक विश्वकप खेलेर उपाधि जित्ने देश बन्नेछ ।















