युएई माथि नेपालको सानदार जित, युएई ७१ रनमा अलआउट
सोझै विश्वकप खेल्ने सम्भावना कायमै
वि.सं.२०७९ फागुन २८ आइतवार १५:४९
shares

काठमाडौं, २८ फागुन । आईसीसी विश्व कप क्रिकेट लिग–२ मा नेपालले फराकिलो जित निकालेको छ । घरेलु मैदानमा नेपाली टोलिले युएईलाई १७७ रनको भारी अन्तरले पराजित गरेको हो ।
यो जितसँगै नेपाले एकदिवसीय मान्यता पनि कायम राखेको छ । अब बाँकी रहेका दुई खेलमा जित निकालेको खण्डमा नेपाली टोलि सिधै विश्वकप छनोटामा स्थान बनाउने छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर २ बलमा अलआउट हँदै २४८ रन बनाएको थियो । २४९ रनको लक्ष्य सहित जबाफि ब्याटिङ गरेको पाहुना टोलि युएई ७१ रनमा समेटियो । यूएईका लागि आयन अफजल खानले सर्वाधिक २९ रन बनाए ।
युएईलाई सस्तैमा समेट्ने क्रममा नेपालका ललितनारायण राजवंशीले सर्वाधिक ५ विकेट लिए । त्यस्तै सन्दीप लामिछानेले २ विकेट लिए भने सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र गुल्सन झाले एक/एक विकेट लिए ।
यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि कप्तान रोहित कुमार पौडेलल सर्वाधीक ७७ रनको योगदना दिए । यस्तै आरिफ शेखले ४३, गुलसन झाले ३७ र दीपेन्द्रसिंह ऐरीले ३४ रन बनाए । बलिङतर्फ यूएईका आयन अफजल खान, जहूर खान, रोहन मुस्तफा र जवार फरिदले २/२ विकेट लिए ।
यो जितसँगै नेपालले दुई खेलअघि नै एकदिवसीय मान्यता जोगाएको छ । नेपाल ३४ खेलमा ३६ अंकसहित लिग–२ तालिकाको चौथौ स्थानमा उक्लिएको छ । एकदिवसीय मान्यता कायम गर्न तालिकाको शीर्ष पाँचमा अट्नुपर्ने थियो । नेपालसँगको हारसँगै यूएईको एकदिवसीय मान्यता खतरामा परेको छ । अब यूएईले एकदिवसीय मान्यता जोगाउन बाँकी दुई खेलमा ठूलो अन्तरले जित हात पार्नुपर्ने हुन्छ ।

















