एकैदिन प्रतितोला १३ हजार ४ सयले घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८२ माघ १९ सोमवार ११:१४
shares

काठमाडौं, १९ माघ । स्थानीय बजारमा सोमवार सुनको मूल्य उच्च अंकले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार सुनको मूल्य प्रतितोला १३ हजार ४ सय रुपैयाँले घटेको हो ।
महासंघका अनुसार आइतवार प्रतितोला ३ लाख रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमवार घटेर प्रतितोला २ लाख ८६ हजार ६ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
त्यसैगरी, सोमवार चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य प्रतितोला ३०० सय रुपैयाँले घटेर सोमवार ५ हजार २ सय रुपैयाँ कायम भएको छ । यसअघि चाँदी प्रतितोला ५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।














