प्रतितोला ४ हजार २ सयले घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८२ माघ २३ शुक्रवार १०:५९
shares

काठमाडौ, २३ माघ । स्थानीय बजारमा शुक्रवार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार सुनको मूल्य प्रतितोला ४ हजार २ सय रुपैयाँले घटेको हो ।
महासंघका अनुसार बिहीवार प्रतितोला २ लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रवार घटेर प्रतितोला २ लाख ९१ हजारमा कायम भएको महासंघले जनाएको छ ।
त्यसैगरी, शुक्रवार चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य प्रतितोला २७० रुपैयाँले घटेर शुक्रवार ४ हजार ७ सय १० रुपैयाँमा कायम भएको छ । यसअघि चाँदी प्रतितोला ४ हजार ९ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।














