प्रतितोला ४ हजार १ सयले बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८२ माघ २६ सोमवार ११:११
3.59K
shares
shares

काठमाडौ, २६ माघ । स्थानीय बजारमा सोमवार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार सुनको मूल्य प्रतितोला ४ हजार १ सय रुपैयाँले बढेको हो ।
महासंघका अनुसार आइतवार प्रतितोला ३ लाख ५ सयमा कारोबार भएको छापावाल सुन सोमवार बढेर प्रतितोला ३ लाख ४ हजार ६ सयमा कायम भएको महासंघले जनाएको छ ।
त्यसैगरी, सोमवार चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य प्रतितोला २४० रुपैयाँले बढेर सोमवार ५ हजार २५० रुपैयाँमा कायम भएको छ । यसअघि चाँदी प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भएको थियो ।














