एकैदिन प्रतितोला १२ हजार ५ सयले घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८२ चैत ८ आइतवार १०:५२
3.08K
shares
shares

काठमाडौं, ८ चैत । स्थानीय बजारमा आइतवार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार सुनको मूल्य प्रतितोला १२ हजार ५ सयले घटेको हो ।
महासंघका अनुसार शुक्रवार प्रतितोला २ लाख ९४ हजार ५ सयमा कारोबार भएको छापावाल सुन आइतवार घटेर प्रतितोला २ लाख ८२ हजारमा कायम भएको छ ।
त्यसैगरी, आइतवार चाँदीको मूल्य पनि घटेको छ । शुक्रवार प्रतितोला ४ हजार ८ सय ९५ मा कारोबार भएको चाँदी आइतवार प्रतितोला ४ हजार ५ सय ४० रुपैँयामा कायम भएको छ ।















