प्रतितोला १ हजार ८ सयले बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८३ जेठ ७ बिहीवार ११:१०
2.15K
shares
shares

काठमाडौं, ७ जेठ । स्थानीय बजारमा बिहीवार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार सुनको मूल्य १ हजार ८ सयले बढेको हो ।
महासंघका अनुसार बुधवार प्रतितोला २ लाख ९२ हजारमा कारोबार भएको सुन बिहीवार बढेर प्रतितोला २ लाख ९३ हजार ८ सयमा कायम भएको छ ।
त्यसैगरी, बिहीवार चाँदीको मूल्य पनि ९० रुपैयाँले बढेको छ । बुधवार प्रतितोला ४ हजार ९ सय ६० रुपैयाँमा कायम भएको चाँदी बिहीवार ५ हजार ५० रुपैयाँमा कायम भएको हो ।
















