Dhulikhel Eco Banner new

सुनको मुल्य बढयो, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

1.05K
shares

काठमाडौं, १८ असार । स्थानीय बजारमा विहिवार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिवार सुनको मूल्य ६ हजार २ सयले बढेको छ।

महासंघका अनुसार वुधवार प्रतितोला २ लाख ७७ हजार ३ सयमा कारोबार भएको सुन विहिवार बढेर प्रतितोला २ लाख ८३ हजार ५ सयमा कायम भएको छ ।

त्यसैगरी, विहिवार चाँदीको मूल्य १ सय ८० रुपैयाँले बढेको छ ।बुधवार प्रतितोला ४ हजार २ सय ७० रुपैयाँमा कायम भएको चाँदी विहिवार ४ हजार ४ सय ५० रुपैयाँमा कायम भएको हो ।