एकैदिन तोलामा ८ हजारले बढ्यो सुनको मूल्य
वि.सं.२०८३ साउन २१ बिहीवार ११:१७
546
shares
shares

काठमाडौं, २१ साउन । स्थानीय बजारमा बिहीबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य ८ हजारले बढेको छ।
महासंघका अनुसार सुन बुधबार प्रतितोला २ लाख ८८ हजारमा कारोबार भएको सुन बिहीबार बढेर प्रतितोला २ लाख ९६ हजार मा कायम भएको छ ।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य ९५ रुपैयाँले बढेको छ । बुधबार ४ हजार ४ सय ७५ मा कायम भएको चाँदी बढेर बिहीबार ४ हजार ५ सय ७० मा कायम भएको हो ।
















