बढ्यो सुनको मूल्य,हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८३ साउन २२ शुक्रवार ११:००
741
shares
shares

काठमाडौं, २२ साउन । स्थानीय बजारमा शुक्रबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य ९ सयले बढेको छ।
महासंघका अनुसार सुन बिहीबार प्रतितोला २ लाख ९६ हजार मा कारोबार भएको सुन शुव्रmबार बढेर प्रतितोला २ लाख ९६ हजार ९ सयमा कायम भएको छ ।
त्यसैगरी, शुक्रबार चाँदीको मूल्य १० रुपैयाँले बढेको छ । बिहिबार ४ हजार ४ सय ७० मा कायम भएको चाँदी बढेर शुक्रबार ४ हजार ५ सय ८० मा कायम भएको हो ।















