Dhulikhel Eco Banner new

७ कम्पनीको शेयरमा सर्किट

5.54K
shares

काठमाडौं, १५ साउन । शेयर कारोबार हुने हप्ताको पहिलो दिन शेयर बजारमा हरियाली छाएको छ । गत हप्ता उच्च अंकले बढेको शेयर बजारमा आइतबार सुरुको दुई घण्टामानै उच्च अंकले बढेको छ ।

आइतबार शेयर बजारमा केही कम्पनीहरुको शेयरमा भने सर्किट लागेको छ । दिउँसो १ः३० बजेसम्मको विवरण अनुसार ७ वटा कम्पनीको शेयरमा सर्किट लागेको छ । जसमा ६ निर्जिवन बीमा कम्पनीको शेयरमा सर्किट लागेको छ । एक वटा जीवन बीमा कम्पनी रहेको छ । यो अवस्थामा शेयर ४५ अंकले बढेको छ ।

सर्किट लाग्ने कम्पनीमा नेपाल इन्स्योरेन्स, आइएमई जनरल इन्स्योरेन्स, प्रेडेन्सियल इन्स्योरेन्सको शेयरमा सर्किट लागेको छ । त्यस्तै युनाईटेड इन्स्योरेन्स र नेको इन्स्योरेन्सको शेयरमा सर्किट लागेको थियो । त्यस्तै नेसनल लाईफ इन्सोरेन्सको शेयरमा पनि सर्किट लागेको छ ।