एक दिन पनि टिकेन शेयर बजारको हरियाली, आज २४ अंकको गिरावट
वि.सं.२०७९ साउन ३१ मंगलवार १५:१९
shares

काठमाडौं, ३१ साउन । शेयर बजार परिसूचकमा देखिएको हरियाली एक दिन पनि टिक्न सकेनन् । अघिल्लो दिन बजारमा सुधार देखिएको थियो तर आज पुनः नेप्से परिसूचक राताम्य बनेको हो ।
कारोबार हुने हप्ताको तेस्रो दिन बजार परिसूचक २४ दशमलव ८३ अंकले घटेको हो । सोमबार भने ५५ अंकले बढेको थियो । मंगलबार २४ दशमलव ८३ अंकले घटेर २०४१ द्यशमलव ०६ अंकमा पुगेको हो । यो अघिल्लो दिनको भन्दा १.२० प्रतिशतले कम हो । आज नेप्सेमा २२१ कम्पनीका ६४ लाख ६ हजार ७३८ कित्ता शेयर कारोबारबाट २ अर्ब ७३ करोड ४८ लाख ५३ हजार ५८ रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै क वर्गको मापन गर्ने सन्सेटिभ इन्डेक्स पनि आज ३ दशमवल ७५ अंकले घटेर ३९४ दशमवल ३९ विन्दुमा पुगेको छ ।

















