GBIME

शेयर बजार ओरोलो लाग्ने क्रम रोकिएन, कारोबार रकम ८३ करोड मात्रै

1.19K
shares

काठमाडों, २७ भदौ । शेयर बजार ओरोलो लाग्ने क्रम सोमबार पनि कायमै रह्यो । कारोबार हुने हप्ताको दोस्रो दिन शेयर बजार १३ दशमलव ५९ अंकले घटेर १९१२ दशमलव ६९ विन्दुमा पुगेको हो ।

अघिल्लो दिन पनि ११ अंकले घटेको शेयर बजार पछिल्लो समय लगातार रुपमा घटिरहेको छ । सोमबार २२५ कम्पनीको २६ लाख १३ हजार ५४० कित्ता शेयर कारोबार भएको छ । सो बराबरको शेयर कारोबारबाट ८३ करोड १६ लाख ३ हजार ६५१ रुपैयाँको कारोबार भएको छ । पछिल्ला केही दिन देखि शेयर बजार कारोबार रकम अर्बभन्दा तल नै रहेको छ ।

सोमबार क वर्गका कम्पन्नीको मापक सेन्सेटिभ इन्डेक्स पनि २ दशमवल ३९ अंकले घटेको छ । सेन्सेटीभ भन्डेक्स सोमबारको कारोबार बन्द हुँदा ३७२ दशमलव ३४ विन्दुमा पुगेर रोकिएको छ ।