Dhulikhel Eco Banner new

एक दिन पनि टिकेन शेयर बजारको हरियाली, करिब १० अंकको गिरावट

4.55K
shares

काठमाडौं, ६ असोज । बुधबार दोहोरो अंकले बढेको शेयर बजार एक दिन पनि कायम रहन सकेन् । अघिल्लो दिन ११ अंकले बढेको शेयर बजार आज करिब १० अंकले ओरोलो लागेको हो ।

शेयर कारोबार हुने हप्ताको पाँचौ दिन शेयर बजार ९ दशमलव ८३ अंकले घटेर १८३८ दशमलव ९६ विन्दुमा झरेको छ । आज सबै समूहको शेयर घटेर बजार राताम्मे देखिएको छ । बजार घटेसँगै कारोबार रकममा पनि निरन्तर कमी आइरहेको छ । दुई सय २९ वटा कम्पनीको २५ लाख ४२ हजार कित्ता शेयर ६५ करोड ५७ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नबिल बैंकको दुई करोड ५८ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज प्रभु डिबेन्चर र गरिमा डिबेन्चर २०८४ को शेयर झन्डै १० प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे भए पनि साम्लिङ पावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।