GBIME

शेयर बजारमा दोहोरो अंकको सुधार, एक कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

1.21K
shares

काठमाडौं, २६ असोज । शेयर कारोबार हुने हप्ताको चौथो दिन बजार दोहोरो अंकले बढेको छ । लगातार दुई दिन उच्च अंकले घटेको शेयर बजार बुधबार ११ दशमलव ५१ अंकले बढेको हो ।

बुधबारको कारोबार बन्द हुँदा नेप्से १८६६ दशमलव ६७ विन्दुमा पुगेर रोकिएको छ । आज २२३ कम्पनीको २० लाख ८५ हजार २८४ कित्ता शेयर खरिद बिक्री भएको छ । आज ६९ करोड १७ लाख ३७ हजार ८९४ रुपैयाँको शेयर कारोबार भएको छ ।

आज क वर्गका कम्पनीको मापक सेन्सेटिभ्स इन्डेक्स पनि २ दशमलव ४८ अंकले बढेर ३६६ दशमवल ११ अंकमा पुगेको छ ।

शेयर बजारमा दोहोरो अंकको सुधार आएको दिन एउटा कम्पनीको कारोबारमा सकारात्मक सर्किट लागेको छ । आज अभियान लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको हो । यो कम्पनीको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि भएको छ । अघिल्लो दिनको कारोबारभन्दा ५५ रुपैयाँ २० पैसाले बढेको लघुवित्तको शेयर मूल्य ६०७ रुपैयाँ २० पैसा पुगेको छ ।