Dhulikhel Eco Banner new

शेयर बजारमा सुधार, आज २ अर्बको कारोबार

5.36K
shares

काठमाडौं, ११ मंसिर । साताको पहिलो कारोबारको दिन आज शेयर बजारमा सुधार आएको छ । आज नेप्से परिसुचक ३२ दशमलव ४३ अंकले वृद्धि भएको छ ।

आइतबार नेप्से परिसुचक १ दशमभलव ६८ प्रतिशतले वृद्धि भई १९६५ दशमलव ९८ को विन्दुमा पुगेको छ ।

नेप्से परिसुचकसंगै ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ५ दशमलव ३४ अंकले उकालो लागेको छ ।

आज दिनभर भएका ३१ हजार ९३ कारोबारबाट २३३ कम्पनीका ४२ लाख २३ हजार ८ सय ६७ कित्ता शेयर किनबेच भएका छन् ।

जसबाट आज भएको सम्पूर्ण कारोबार रकम २ अर्ब २ करोड ५४ लाख ८९ हजार ५२ पुगेको छ ।