Dhulikhel Eco Banner new

अमेरिकी डलरको मूल्य स्थिर, कुन देशको विनिमय दर कति ?

3.6K
shares

काठमाडौं, १७ साउन । नेपाल राष्ट्र बैंकले आज (बुधवार)का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी डलरको मूल्य स्थिर छ । आज स्थिर रहेको एकको खरिद दर १३० रुपैयाँ ६४ पैसा र बिक्री दर १३१ रुपैयाँ ९ पैसा पुगेको छ । युरो एकको खरिद दर १४३रुपैयाँ १२ पैसा र बिक्री दर १४४ रुपैयाँ ५६पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ९६ पैसा र बिक्री दर १६८ रुपैयाँ ६४पैसा रहेको छ छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८७ पैसा र बिक्री दर ३६ रुपैयाँ २४ पैसा रहेको छ ।

त्यस्तै, क्यानाडियन डरल एकको खरिद दर ९८ रुपैयाँ ७५ पैसा रहेको छ भने विक्रि दर ९९ रुपैयाँ ७५ पैसा छ भने अष्ट्रेलियन एक सयको खरिद दर ८७ रूपैयाँ १ पैसा रूपैयाँ रहेको छ भने बिक्री दर ८७ रूपैयाँ ९७ पैसा रहेको छ ।