सुनको मूल्य हालसम्मकै उच्च, एकैदिन प्रतितोला ३ हजारले बढ्यो
वि.सं.२०८१ भदौ २८ शुक्रवार ११:०२
2.78K
shares
shares

काठमाडौं, २८ भदौ । स्थानीय बजारमा शुक्रबार पहेलो धातुुको मूल्य उच्च अंकले बढेको छ । सुनको मूल्य प्रतितोला ३ हजारले बढेको नेपाल सुनचादीँ व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार तोलामा १ लाख ५३ हजार ३ सयमा कारोबार भएको सुनको मूल्य शुक्रबार ३ हजारले बढेर १ लाख ५६ हजार ३ सयमा कायम भएको हो ।
त्यस्तै, शुक्रबार चाँदीको मूल्य पनि प्रतितोला ५५ रुपैयाँ बढेको छ । बिहीबार चाँदीको मूल्य तोलामा १ हजार ७९५ रुपैयाँमा कारो भएको चादीँ शुक्रबार बढेर १ हजार ८६० रुपैयाँ कायम भएको छ ।














