Dhulikhel Eco Banner new

सुनको मूल्यमा नयाँ किर्तिमान, हेर्नुस् कतिमा हुँदैछ कारोबार ?

3.08K
shares

काठमाडौं, १० असोज । स्थानीय बजारमा बिहीबार पहेलो धातुको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला ३ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार तोलामा १ लाख ६० हजार ४ सयमा कारोबार भएको सुनको मूल्य बिहीबार ३ सयले बढेर १ लाख ६० हजार ७ सय रुपैयाँ कायम भएको हो ।

त्यस्तै, बिहीबार चाँदीको मूल्य भने स्थिर रहेको छ। बुधबार तोलामा १ हजार ९५५ रुपैयाँमा कारोबार भएको बिहीबार पनि १ हजार ९५५ रुपैयाँ कायम भएको छ ।