Dhulikhel Eco Banner new

सुनचाँदीको मूल्यमा वृद्धि

3.12K
shares

काठमाडौं, ४ कात्तिक । स्थानीय बजारमा आइतबार सुनको मूल्यमा बढेको छ । सुनको मूल्य प्रतितोला ६ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार तोलामा १ लाख ६४ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार १ हजारले बढेर १ लाख ६५ हजारमा कायम भएको हो ।

त्यस्तै, आइतबार चाँदीको मूल्य ९५ रुपैयाँले बढेको छ । शुक्रबार तोलामा १ हजार ९८० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार बढेर २ हजार ७५ रुपैयाँमा कायम भएको छ ।