सुनको मूल्यमा नयाँ किर्तिमान, हेर्नुस् कतिमा हुँदैछ कारोबार ?
वि.सं.२०८१ कात्तिक ५ सोमवार १०:४४
11.4K
shares
shares

काठमाडौं, ५ कात्तिक । स्थानीय बजारमा सोमबार सुनको मूल्यमा बढेको छ । सुनको मूल्य प्रतितोला ६ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार तोलामा १ लाख ६५ हजारमा कारोबार भएको सुनको मूल्य सोमबार ६ सयले बढेर १ लाख ६५ हजार ६ सयमा कायम भएको हो ।
त्यस्तै, सोमबार चाँदीको मूल्य २० रुपैयाँले बढेको छ । आइतबार तोलामा २ हजार ७५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार बढेर २ हजार ९५ रुपैयाँमा कायम भएको छ ।














