एकैदिन तोलामा ४ हजारले घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुँदैछ कारोबार ?
वि.सं.२०८१ कात्तिक २२ बिहीवार ११:४३
2.86K
shares
shares

काठमाडौं, २२ कात्तिक । स्थानीय बजारमा बिहीबार सुनको मूल्य ह्वात्तै घटेको छ । सुनको मूल्य प्रतितोला ४ हजारले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार तोलामा १ लाख ६८ हजार ५ सयमा कारोबार भएको सुनको मूल्य बिहीबार ४ हजारले घटेर तोलामा १ लाख ६४ हजार ५ सयमा कायम भएको हो ।
त्यस्तै, बिहीबार चाँदीको मूल्य पनि ५५ रुपैयाँले घटेको छ । बुधबार तोलामा २ हजार १५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार घटेर १ हजार ९६० रुपैयाँमा कायम भएको छ ।














