एकैदिन प्रतितोला २ हजार ४ सयले घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुँदैछ कारोबार ?
वि.सं.२०८१ कात्तिक २७ मंगलवार १०:४४
3K
shares
shares

काठमाडौं, २७ कात्तिक । स्थानीय बजारमा मंगलबार पहेलो धातुको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला २ हजार ४ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार तोलामा १ लाख ६५ हजारमा कारोबार भएको सुनको मूल्य मंगलबार २ हजार ४ सयले घटेर तोलामा १ लाख ६२ हजार ६ सय कायम भएको हो ।
त्यस्तै, मंगलबार चाँदीको मूल्य पनि ३० रुपैयाँले घटेको छ । सोमबार तोलामा १ हजार ९५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार घटेर १ हजार ९२५ रुपैयाँमा कायम भएको छ ।














