प्रतितोला १ हजार ६ सयले बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुँदैछ कारोबार ?
वि.सं.२०८१ मंसिर १४ शुक्रवार ११:०९
2.67K
shares
shares

काठमाडौं, १४ मंसिर । स्थानीय बजारमा शुक्रबार पहेलो धातुको बढेको छ । सुनको मूल्य प्रतितोला १ हजार ६ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार तोलामा १ लाख ४९ हजार ३ सयमा कारोबार भएको सुनको मूल्य शुक्रबार १ हजार ६ सयले बढेर तोलामा १ लाख ५० हजार ९ सय रुपैयाँमा कायम भएको हो ।
त्यस्तै, शुक्रबार चाँदीको मूल्य पनि ४५ रुपैयाँले बढेको छ । बिहीबार तोलामा १ हजार ८ सय रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार बढेर १ हजार ८४५ रुपैयाँमा कायम भएको छ ।














