Dhulikhel Eco Banner new

उदयपुरबाट ५ केजी गाँजासहित १ जना प्रक्राउ

5.53K
shares

काठमाडौं, ३ साउन । उदयपुरको चौदण्डीगढी नगरपालिकाबाट गाजाँ सहित एक जना प्रक्राउ परेका छन् । चौदण्डीगढी नगरपालिकाको वडा नम्बर ४ को नमूना चोकबाट ५ केजी गाजाँससहित बेलका नगरपालिकाका वडा नम्बर ३ का ३५ वर्षिया बिवेश राई प्रक्राउ परेका हुन् ।

उनलाई रामपुर ठोक्सिलाबाट फतेपुर तर्फ जाँदै गएको अवस्थामा स ३ प ३६०३ नम्बरको मोटरसाइकलमा गाजाँ सहित प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरको सूचना अधिकारी प्रहरी निरीक्षक मोहन थापाले जानकारी दिए । प्रहरीले चेकजाँच गर्दा राइको साथबाट सो बराबरको गाजाँ बरामद भएको प्रहरी निरीक्षक थापाले भने ।

प्रक्राउ परेको राईलाइ इलाका प्रहरी कार्यालय बेल्टारले आवश्यक अनुसन्धना सुरु गरेको सूचना अधिकारी थापाले बताए ।