Dhulikhel Eco Banner new

उर्वरा राष्ट्रिय सम्मान २०७९ कात्तिकमा हुने

5.84K
shares

काठमाडौं, २७ भदौ । उर्वरा फाउन्डेसन नेपालले ‘उर्वरा राष्ट्रिय सम्मान २०७९’ कार्यक्रम कात्तिकमा आयोजना गर्ने भएको छ । विभिन्न क्षेत्रमा योगदान गर्दै आएका व्यक्तित्वलाई प्रोत्साहन गर्न सम्मान कार्यक्रम आयोजना यो वर्ष कात्तिक महिनामा आयोजना हुने भएको हो ।

साहित्य, संगीत, समाजसेवा, पत्रकारिता, शिक्षा, स्वास्थ्य, चलचित्र, लघुवित्त, उर्जा, खेलकुद, पर्यटन लगायतका क्षेत्रमा विशेष योगदान गर्ने व्यक्तित्वहरुलाई हरेक वर्ष सम्मान गर्ने फाउन्डेसनको निर्णय अनुसार आउदो कात्तिकमा सम्मान कार्यक्रम गर्न लागिएको आयोजक संस्थाकी अध्यक्ष देवकी अभिलाषीले जानकारी दिइन् ।

वि.सं. २०७३ सालमा स्थापित फाउन्डेसन सामाजिक सेवाको क्षेत्रमा सक्रिय गैरनाफामूलक संस्था हो । संस्थाको मुख्य कार्यालय काठमाडौंमा रहेको छ । उर्वरा फाउन्डेसन नेपालको अध्यक्ष देवकी अभिलाषी लोकप्रिय साहित्यकार तथा समाजसेवीको रुपमा परिचित व्यक्तित्व हुन् ।