Dhulikhel Eco Banner new

साना देखि ठुला परिवारलाइ हुने माइडिया ब्रान्डका तिन नयाँ रेफ्रीजेरेटर नेपाली बजारमा

5.28K
shares

काठमाडौं, २४ जेठ । वर्ल्ड नम्बरवान अप्लाईन्स प्रोडुसर माइडियाको आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले आधुनिक किचनको लागि डिजाइन गरिएको तीन नयाँ मोडेलका मिडिया डबल डोर माइडिया रेफ्रिजेरेटर नेपाली बजारमा ल्याएको छ। नेपालमा ग्राहकहरुबाट अत्याधिक माग बढेकाले सोहीअनुसार उपलब्ध गराइएको कम्पनीले बताएको छ।

मिडियाका यी डबल डोर फ्रिज मोडेल शैली र कार्यक्षमताको पूर्ण मिश्रण हो। २३६,३३८ र ४१३ लिटर नेट क्षमता भएका रेफ्रिजेरेटर साना देखि मध्यम आकारका परिवारहरूको आवश्यकताहरू पूरा गर्न डिजाइन गरिएको छ। यसमा इन्वर्टर क्वाट्रो प्रविधि, स्मार्ट सेन्सर, एक्टिव(सी फ्रेश प्रविधि, र इलेक्ट्रोनिक कन्ट्रोल समावेश छन्, जसले ऊर्जा दक्षता र स्थिर कूलिङ सुनिश्चित गर्दछ। बिग कूलिङ जोन, विशेष अण्डा ट्रे, ठूली बरफ ट्रे, हाइलाइट(एलईडी लाइटिङ, र २ लिटर डोर र्याक जस्ता सुविधाहरूले भण्डारणमा सहजता थप्छ।

माइडिया ब्रान्डका वासिङ मेसिन, वासरड्रायर, माइक्रोवेभ ओभन, एयर फ्रायर, भ्याकुम क्लिनर, इलेक्ट्रिक प्रेसर कुकर, इन्डक्सन, फ्यान हिटर, ओएफआर हिटर, पीटीसी हिटर, फ्यान जस्ता विभिन्न अपलाइन्स नेपाली बजारमा ग्राहकहरूबीच अत्यन्त रुचाइएका प्रोडक्ट हुन् । शक्तिशाली क्षमता र असाधारण कार्यक्षमताको लागि माइडिया ब्रान्ड नेपाली बजारमा परिचित रहेको छ ।