Dhulikhel Eco Banner new

राष्ट्र बैंकले ५ अर्ब रुपैयाँ बैंकको मुद्दति निक्षेपमा लगानी गर्ने

3.94K
shares

काठमाडौं, २० पुस । नेपाल राष्ट्र बैंकले विभिन्न बैंक र वित्तीय संस्थामा मुद्दति निक्षेपमा ५ अर्ब १ करोड १६ लाख रुपैयाँ बढी लगानी गर्ने भएको छ।

राष्ट्र बैंकका अनुसार, यस रकममध्ये वाणिज्य बैंकमा ४ अर्ब ९४ लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा ७५ करोड १७ लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा २५ करोड ५ लाख रुपैयाँ मुद्दति निक्षेपका रूपमा लगानी गरिनेछ।

बैंक तथा वित्तीय संस्थाले पुस २२ गते राति १२ बजेसम्म आफ्नो ब्याजदर प्रस्ताव पेश गर्न सक्नेछन्। राष्ट्र बैंकले यो लगानी सन् २०२६ जनवरी १८ देखि २०२७ जनवरी १८ सम्म ३६६ दिनका लागि हुने जनाएको छ।

निक्षेपमा आवेदन दिन चाहने बैंक तथा वित्तीय संस्थाले कम्तीमा दुई वर्ष सञ्चालनमा भएको हुनुपर्ने, राष्ट्र बैंकले तोकेको न्यूनतम पुँजी राखेको हुनुपर्ने, निष्क्रिय कर्जा कुल कर्जा सापटीको ८ प्रतिशत भन्दा बढी नहुने र खुद तरल सम्पत्ति कम्तीमा ३ प्रतिशत कायम गर्ने शर्त पालना गर्नुपर्ने छ।