Dhulikhel Eco Banner new

विजय लघुवित्तको एफपीओ बिक्री खुला

4.21K
shares

काठमाडौं, २१ पुस । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले आज पुस २१ गतेदेखि थप सार्वजनिक निष्कासन (एफपीओ) बिक्री खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ४ लाख ६६ हजार ८१७ कित्ता एफपीओ निष्कासन गरेको हो।

साविकको नयाँ सारथी लघुवित्त वित्तीय संस्था र विजय लघुवित्त आपसमा मर्ज भएपछि संस्थापक र सर्वसाधारणको शेयर स्वामित्व क्रमशः ७४।३९ प्रतिशत र २५।६१ प्रतिशत रहेको छ। नियामकको व्यवस्था अनुसार यो अनुपात ७०ः३० कायम गर्नुपर्ने भएकाले कम्पनीले एफपीओ निष्कासन गर्न लागेको जनाएको छ।

एफपीओमा सर्वसाधारण लगानीकर्ताले पुस २४ गतेसम्म आवेदन दिन सक्नेछन्। आवेदन दिँदा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था गरिएको छ।

एफपीओ निष्कासन तथा बाँडफाँडपछि कम्पनीको कुल सूचीकृत शेयर संख्या ७९ लाख १७ हजार २२०.५९ कित्ता पुग्नेछ।

यस एफपीओको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।