Dhulikhel Eco Banner new

सालपा विकास बैंकको आईपीओमा १९.३७ गुणा बढी आवेदन

3.13K
shares

काठमाडौं, २१ पुस  । सालपा विकास बैंक लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा अन्तिम दिनसम्म २३ लाख ८३ हजार ४ सय ७ जनाले आवेदन दिएका छन्।

सिडिएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार बैंकले सर्वसाधारणका लागि निष्कासन गरेको १४ लाख ३९ हजार १७९ कित्ता शेयरको लागि कुल २ करोड ७८ लाख ८४ हजार ५ सय ७० कित्ताका लागि आवेदन परेको छ। यो माग गरिएको भन्दा १९.३७ गुणा बढी हो।

बैंकले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १७ लाख २३ हजार ८८० कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको थियो। जसमध्ये १ लाख ७२ हजार ३८८ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई बाँडफाँड गरिसकिएको छ।

त्यसैगरी, बाँकी शेयरमध्ये ८६ हजार १९४ कित्ता सामूहिक लगानी कोषहरूका लागि र २६ हजार ११९ कित्ता बैंकका कर्मचारीहरूका लागि सुरक्षित गरिएको थियो। उक्त व्यवस्था पश्चात बाँकी रहेको १४ लाख ३९ हजार १७९ कित्ता आईपीओ सर्वसाधारण लगानीकर्ताका लागि निष्कासन गरिएको हो।

आईपीओमा परेको उच्च मागका कारण बैंकको शेयर बाँडफाँड गोलाप्रथाबाट हुने देखिएको छ।