Dhulikhel Eco Banner new

दोहोरो अंकले बढ्यो शेयर बजार, कारोबार रकममा पनि वृद्धि

2.55K
shares

काठमाडौं, २१ पुस । सोमवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार २८.७३ अंकले बढेर २६३५ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा २१४ कम्पनीको शेयर मूल्य बढेको छ भने ३७  कम्पनीको शेयर मूल्य घटेको छ भने ८ कम्पनीको स्थिर रहेको छ । यसदिन ६ अर्ब ४८ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले बढेको शेयर बजारमा सागर डिष्टीलरी, एसवाई प्यानल, श्रीनगर एग्रीटेक इन्डस्ट्रिज, बन्दीपुर केबलकार र रुरु जलविद्युतका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी पाच कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।

त्यसैगरी १०.३०५ स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेड डिबेन्चर का लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यी दुइ कम्पनीका लगानीकर्ताले २.४९ प्रतिशतका दरले गुमाएका छन् ।