Dhulikhel Eco Banner new

सामान्य अंकले बढ्यो शेयर बजार, कारोबार रकममा पनि वृद्धि

3.52K
shares

काठमाडौं, २२ पुस । मंगलवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ९.९३ अंकले बढेर २६४९ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १४८ कम्पनीको शेयर मूल्य बढेको छ भने १०३ कम्पनीको शेयर मूल्य घटेको छ भने ८ कम्पनीको स्थिर रहेको छ । यसदिन ७ अर्ब १२ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले बढेको शेयर बजारमा जिवन विकास लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ९.९७ प्रतिशतका दरले कमाएका हुन् ।

त्यसैगरी रुरु जलविद्युतका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ८.४१ प्रतिशतका दरले गुमाएका छन् ।