Dhulikhel Eco Banner new

सामान्य अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल

3.48K
shares

काठमाडौं, २२ पुस । मंगलवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ९.९३ अंकले बढेर २६४९ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १४८ कम्पनीको शेयर मूल्य बढेको छ भने १०३ कम्पनीको शेयर मूल्य घटेको छ भने ८ कम्पनीको स्थिर रहेको छ । यसदिन ७ अर्ब १२ करोडको कारोबार भएको हो ।

सामान्य अंकले बढेको शेयर बजारमा जिवन विकास लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ९.९७ प्रतिशतका दरले कमाएका हुन् ।

यसदिन थ्रिस्टार हाइड्रोपावरका लगानीकर्ताले ९.५४ प्रतिशतका दरले कमाएका छन् भने हिमालयन ८०–२०का लगानीकर्ताले ७.३४ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी १२प्रतिशत आइसीएफसी फाइनान्स लिमिटेड डिबेन्चर २०८३का लगानीकर्ताले ६.१० प्रतिशतका दरले कमाएका छन् भने सिटिजन्स म्युचुअलका लगानीकर्ताले ६.०१ प्रतिशतका दरले कमाएका छन् ।