Dhulikhel Eco Banner new

शेयर बजारमा १०३ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

3.87K
shares

काठमाडौं, २२ पुस । मंगलवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ९.९३ अंकले बढेर २६४९ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १४८ कम्पनीको शेयर मूल्य बढेको छ भने १०३ कम्पनीको शेयर मूल्य घटेको छ भने ८ कम्पनीको स्थिर रहेको छ । यसदिन ७ अर्ब १२ करोडको कारोबार भएको हो ।

सामान्य अंकले बढेको शेयर बजारमा रुरु जलविद्युतका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ८.४१ प्रतिशतका दरले गुमाएका छन् ।

यसदिन ट्रेड टावरका लगानीकर्ताले ६.२६ प्रतिशतका दरले गुमाएका छन् भने सान्भी इनर्जीका लगानीकर्ताले ५.६१ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी बन्दीपुर केवलका लगानीकर्ताले ५.४३ प्रतिशतका दरले गुमाएका छन् भने श्रीनगर एग्रीटेक इन्डस्ट्रिजका लगानीकर्ताले ५.१६ प्रतिशतका दरले गुमाएका छन् ।