Dhulikhel Eco Banner new

शेयर बजारमा १८७ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

3.85K
shares

काठमाडौं, २३ पुस । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १३.३५ अंकले बढेर २६३५ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ६२ कम्पनीको शेयर मूल्य बढेको छ भने १८७ कम्पनीको शेयर मूल्य घटेको छ भने १० कम्पनीको स्थिर रहेको छ । यसदिन ५ अर्ब १७ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले घटेको शेयर बजारमा एसवाई प्यानलका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ८.४५ प्रतिशतका दरले गुमाएका छन् ।

यसदिन जिवन विकास लघुवित्तका लगानीकर्ताले ६.५९ प्रतिशतका दरले गुमाएका छन् भने विन नेपाल लघुवित्तका लगानीकर्ताले ५.५३ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी ट्रेड टावरका लगानीकर्ताले ४.६४ प्रतिशतका दरले गुमाएका छन् भने दरमखोला हाइड्रोका लगानीकर्ताले ४.१३ प्रतिशतका दरले गुमाएका छन् ।