Dhulikhel Eco Banner new

शिखर इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा

4.62K
shares

काठमाडौं, २४ पुस । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकता विद्यमान संस्थापक शेयरधनीलाई नै दिनु पर्ने भएकाले इच्छुक विद्यमान शेयरधनीले मात्रै शेयर किन्न सक्नेछन्।

यद्यपि कम्पनीले बिक्रीमा राखिएको शेयर संख्या र शेयरधनीबारे विवरण भने खुलाएको छैन। शेयर किन्न चाहने शेयरधनीले आगामी ३५ दिनभित्र शिखर इन्स्योरेन्सको कम्पनी सचिवको कार्यालयमा सम्पर्क राख्नु पर्नेछ। साथै तोकिएको समयावभिधित्र संस्थापशक शेयरधनीबाट शेयर खरीदका लागि निवेदन नआएमा सर्वसाधारणलाई बिक्री गरिने सूचनामा उल्लेख गरिएको छ।