Dhulikhel Eco Banner new

पाँच महिनामा अन्तर–बैंक कारोबार घट्यो

6.41K
shares

काठमाडौं, २५ पुस । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा वाणिज्य बैंकहरू र अन्य वित्तीय संस्थाबीचको अन्तर–बैंक कारोबार उल्लेखनीय रूपमा घटेर ४ खर्ब १७ अर्ब रुपैयाँमा सीमित भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार वाणिज्य बैंकहरूले ३ खर्ब ४४ अर्ब ७१ करोड रुपैयाँ र अन्य वित्तीय संस्थाहरूले ७२ अर्ब २९ करोड रुपैयाँ बराबरको अन्तर–बैंक कारोबार गरेका छन्।

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा अन्तर–बैंक कारोबार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेखनीय रूपमा घटेको हो। अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूको अन्तर–बैंक कारोबार ६ खर्ब ८ अर्ब ५५ करोड रुपैयाँ र अन्य वित्तीय संस्थाहरूको ७८ अर्ब ८१ करोड रुपैयाँ गरी कुल ६ खर्ब ८७ अर्ब ३६ करोड रुपैयाँ रहेको थियो।