Dhulikhel Eco Banner new

सुनको मुल्य हाल सम्मकै उच्च, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

4.02K
shares

काठमाडौं, २८ पुस । स्थानीय बजारमा सोमवार सुनको मुल्य बढेको छ । सुनको मूल्य प्रतितोला ४ हजार १ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतवार प्रतितोला २ लाख ७० हजार ६ सयमा कारोबार भएको सुनको मुल्य सोमवार ४ हजार १ सयले बढेर तोलामा २ लाख ७४ हजार ७ सयमा कायम भएको हो ।

त्यस्तै, सोमवार चाँदीको मुल्य पनि २०५ रुपैयाँले बढेको छ । शुक्रवार प्रतितोला ४ हजार ९ सय ९० रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य सोमवार तोलामा ५ हजार १ सय ९५ रुपैयाँमा कायम भएको छ ।