Dhulikhel Eco Banner new

छिमेक लघुवित्तको संस्थापक शेयर बिक्रीमा, सबैले किन्न पाउने

3.04K
shares

काठमाडौं, २८ पुस । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले २३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो।

कम्पनीले यसअघि संस्थापक शेयरधनी र त्यसपछि सर्वसाधारणका लागि शेयर बिक्री खुला गर्दा शेयर खरीदका लागि निवेदन प्राप्त नभएपछि पुनः सबैले किन्न पाउने गरी बिक्रीमा राखेको हो।

उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३९० रुपैयाँ तोकेको छ। शेयर किन्न इच्छुक खरीदकर्ताले आवश्यक कागजात सहित आगामी ७ दिनभित्र काठमाडौंको मध्यबानेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्ने कम्पनीले जनाएको छ ।