शेयर बजारमा १३४ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८२ पुस २९ मंगलवार १५:२५
shares

काठमाडौं, २९ पुस । मंगलवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ४.९० अंकले बढेर २६३९ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ११८ कम्पनीको शेयर मूल्य बढेको छ भने १३४ कम्पनीको शेयर मूल्य घटेको छ भने ८ कम्पनीको स्थिर रहेको छ । यसदिन ६ अर्ब ९९ करोडको कारोबार भएको हो ।
सामान्य अंकले बढेको शेयर बजारमा रसुवागढी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ६.०४ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरी नारायणी विकास बैंक लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ६.४४ प्रतिशतका दरले गुमाएका छन् भने वान नेपाल लघुवित्त बित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ३.७७ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरी बुङ्गल हाइड्रो लिमिटेडका लगानीकर्ताले ३.७२ प्रतिशतका दरले गुमाएका छन् भने बन्दीपुर केबलकार एण्ड टुरिज्म लिमिटेडका लगानीकर्ताले ३.५९ प्रतिशतका दरले गुमाएका छन् ।















