शेयर बजारमा ६ अर्ब ९९ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८२ पुस २९ मंगलवार १५:२६
3.21K
shares
shares

काठमाडौं, २९ पुस । शेयर बजारमा ६ अर्ब ९९ करोडको कारोबार हुँदा राधी विद्युतको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ५४ करोड ६५ लाख रुपैयाँ कारोबार भएको हो ।
यसदिन एसवाई प्यानलको ३४ करोड ८१ लाख रुपैयाँ कारोबार भएको छ भने बुटवल पावरको २८ करोड १३ लाख रुपैयाँ कारोबार भएको छ ।
त्यसैगरी श्रीनगर एग्रीटेकको २६ करोड ५७ लाख रुपैयाँ कारोबार भएको छ भने दोर्दीखोला जलविद्युतको २५ करोड ८२ लाख रुपैयाँ कारोबार भएको छ ।















